गीत - हृदयमा टाँसी
ह्रदयमा टाँसी मुटुमा राखी आँखामा सजाएंपथ्थरको मान्छे के सक्थ्यो बस्न मन्दिरमा पठाएं ~
आफ्नो हाँसो खुसि दिइ तिम्रो आँशु पिउदै थिए
आफ्नो जीबन उधारेर, तिम्रो जीवन सिउदै थिएं ~
तिमीलाई भनि सपनाको एउटा संसार बसाएँ
पथ्थरको मान्छे के सक्थ्यो बस्न मन्दिरमा पठाएं ~
शुख संग दुख साटौं भन्दै अघि बढ्दै थिएँ
आफ्नो मुटु चिरा पारि तिम्रो घाउ भर्दै थिएँ
पल पल मारे आफुलाई तर तिमीलाई बचाएँ
पथ्थरको मान्छे के सक्थ्यो बस्न मन्दिरमा पठाएं
ह्रदयमा टाँसी मुटुमा राखी आँखामा सजाएं
पथ्थरको मान्छे के सक्थ्यो बस्न मन्दिरमा पठाएं
ramro xa boro
ReplyDelete