New Nepali Song Lyrics
तिम्रो रुप देख्दाखेरी मनै हर्षित पारेको छुयो मन को बस्ति मैले त्यहि मनमा सारेको छु !!
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
चन्द्र जस्तो मुहार तिम्रो नजरको हेराइ तिखो
रेशमी त्यो कपाल विचमा लगाईदिउ कि रातो टिको
तिम्रो रुपको बर्णन गर्न नसकेर हारेको छु
यो मन को बस्ति मैले त्यहि मनमा सारेको छु !!!
*********************************
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
गुलाबी त्यो अधरभित्र मोति जस्तो दन्त्य लहर
मस्की मस्की कुरा गर्दा पिए झैँ भो मलाई जहर
तिमि संग हास्दा बोल्दा अन्त आशै मारेको छु
यो मन को बस्ति मैले त्यहि मनमा सारेको छु !!!!
**********************************
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
बोल माया तिमि पनि नबोलेझैँ गर्छ्यौ किन
आतुर छु मा यो मनका चाहनाल लाई फुकाईदिन
तिम्रै लागि भनि मैले तारा जुन झारेको छु
यो मन को बस्ति मैले त्यहि मनमा सारेको छु !!!!
***********************************
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
तिम्रो रुप देख्दाखेरी मनै हर्षित पारेको छु
यो मन को बस्ति मैले त्यहि मनमा सारेको छु !!
***********************************
Lyric : D,R Parajuli Post By : D.R Parajuli ***********************************
******************** New Nepali Song, Video of the year, nepali movie, nepali tech blog, number one nepali blog, best blogger tips 2016, blogger template 2016, new nepali lok dohori song 2073, best hindi song 2016
0 comments:
Post a Comment
PLEASE POST COMMENT ON THIS POST. DON'T SPAM