LOK SONG
अन्तिम पल बिताउंदै छु अहिले( ऐले )
तिम्रो मुख हेरेर मर्नेछु , भन सानु भेट्न आउछ्यौ कहिले ( कैले )
अन्तिम सास तिमी हौ भन्दै
मर्ने दिनलाई औलाले गन्दै ....
अन्जुलीमा यो माया भरेर
तिमीलाई नै समर्पण गरेर ......
पिरतीका बाधालाई रोक्दै
यो जिन्दगि आधा नी नभोग्दै ........
हिंड्थें तिमीलाई आँखैमा बोकेर
हेर आज दैबले रोकेर ............
दोष हो मेरै हिँदेथे छोडेर
जिन्दगीको पाइलालाइ मोडेर .......
मर्छु पक्कै तिम्रो नाम जपेर
दुख धोका पिरकष्ट खपेर ........
नरोए हई मेरो लाश हेरेर
लाँदा मलाई बाँसैमा बेरेर .....

0 comments:
Post a Comment
PLEASE POST COMMENT ON THIS POST. DON'T SPAM